सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच सोमबार भेटवाता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

भेटमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ। सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपतग्रस्‍त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए। सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस