पार्टी एकता गरेको एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : नेता महतो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पार्टी एकता गरेको एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : नेता महतो


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनुमा दुःख व्यक्त गरेका छन् ।

आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’

उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको महतोले आरोप लगाए । महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् ।

महतोले पद जोगाउन गएको बताएका छन् । महतोले भने,‘पद रक्षा गर्नुपर्ने मजबुरी होला । तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस