जसपाका नेताहरू निर्वाचन आयोगमा, यादवको पक्षमा ३४ सदस्यले गरेर सनाखत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपाका नेताहरू निर्वाचन आयोगमा, यादवको पक्षमा ३४ सदस्यले गरेर सनाखत


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोग पुगेका छन् । जसपाको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई आयोगमा बोलाएपछि उपेन्द्र यादव पक्ष आयोग पुगेका हुन्।

यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेकाे बताए ।

रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको यादव पक्षले जानकारी दिएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस