ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग


एजेन्सी

११ श्रावण २०७८, सोमबार


काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् ।

ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न अर्थ व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिएको छ ।

राष्ट्रपति सैयदले आफ्नो कदम संवैधानिक भएको जिकिर गर्दै नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने बताएका छन् ।

‘जनताको अधिकार लुट्नेहरू र हतियार उठाउने योजना बनाउनेहरू सबैलाई म चेतावनी दिन चाहन्छु, उनले मिडियाहरूसँगको कुराकानीमा भनेका छन्,‘ जसले गोली चलाउँछ ऊमाथि सशस्त्र बलले गोली चलाउनेछ ।’

सन् २०१४ मा बनेको ट्युनिसियाको संविधानले कार्यकारिणी अधिकार राष्ट्रपति, प्रधानमन्त्री र संसदमा बाँडेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस