भोलिबाट एसइईको मूल्याङ्कन रुजु गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भोलिबाट एसइईको मूल्याङ्कन रुजु गरिने


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसइईको मूल्याङ्कन रुजु गर्ने भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्याङ्कन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।

बाँकी रहेको दुई जिल्लाको मूल्याङ्कन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्याङ्कन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसइई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । ‘आज अबेरसम्म सबै मूल्याङ्कन आइसक्ने भएकाले भोलिदेखि हामी रुजु तथा टेबुलेसन गर्ने काम शुरु गर्छौँ,’ उनले भने ।

परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।

भौतिक रुपमा एसइई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस