विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।

एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

‘हिजो हामी दुईवटा पक्षका रुपमा थियौं । अहिले हामी एकताको नजिक छौं । सहमतिमा अगाडि बढ्न सक्छौं,’ उनले भने, ‘देशभरमा विभिन्न कमिटीमा संगठित र क्षमतावान् कार्यकर्ताहरुले हामीलाई हेरेका छन् । त्यसकारण अब विवादको क्षेत्र तथा कारणहरु बाँकी छैनन् । विगतका गल्ती कमजोरीलाई समीक्षा गर्ने बेला भएको छ । हिजोका दिन मन पनि फाटेका थिए । समयसँगै अब अन्तरविरोधहरु कम गर्दै जाँदा हट्दै जान्छन् । कार्यदलले सहमति गरिसकेको छ । अब अगाडि बढ्नुपर्छ । ‘

संसद् सचिवालयमा भएको उक्त छलफलमा नेपाल समूहका सांसद यज्ञराज सुनुवारले सञ्चालन गरेका थिए । कार्यक्रममा एमाले कार्यदलका दुवै पक्षका सांसदहरुको उपस्थिति थियो । छलफलकै क्रममा सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकबाट बाहिरिएका थिए ।

छलफलमा सांसदहरुले कार्यदलले पारित गरेको दस बुँदे प्रस्ताव कार्यान्वयन गर्न कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस