लागुऔषध कारोबार गर्ने १५१ व्यक्ति पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषध कारोबार गर्ने १५१ व्यक्ति पक्राउ


१० श्रावण २०७८, आइतबार


वाग्मती । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोबार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारबाही गरेको छ ।

भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोबारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

पक्राउ पर्नेमाथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा र अफिम ओसारपसार गर्ने हेटौँडा, राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकाका युवा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पुरुष १४२ रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस