कोरोनाका कारण दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाका कारण दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् ।

भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् । आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन थालेका हुन् ।

त्रिविले कोरोना महामारीका कारण टाढा रहेका विद्यार्थीहरूका लागि घरपायक परीक्षा केन्द्र रोज्न लगाई, अनलाइन परीक्षा फारम भर्न लगाइ विद्यार्थीहरूलाई सहजरुपमा परीक्षा दिने वातावरण सिर्जना गरेको छ ।

परीक्षार्थीहरूको प्रवेश पत्र प्रिन्टमा प्राविधिक समस्या आएको भन्दै त्रिविले परिचय खुल्ने प्रमाणपत्रबाट पनि परीक्षार्थीलाई परीक्षा दिने वातावरण सिर्जना गरिदिन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको छ ।

परीक्षा आज बिहान ७ बजेदेखि सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस