सिरालियोनमा हट्यो मृत्युदण्डको व्यवस्था « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सिरालियोनमा हट्यो मृत्युदण्डको व्यवस्था


एजेन्सी

१० श्रावण २०७८, आइतबार


काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक सिरालियोनमा मृत्युदण्डको व्यवस्था हटेको छ । द गार्डियनका अनुसार शुक्रवार सिरालियोनको संसद्ले देशमा रहेको मृत्युदण्डको व्यवस्था सर्वसम्मतरुपमा हटाएको हो ।

अब अफ्रिका महादेशमा मृत्युदण्डको सजाय नहुने मुलुकको सङ्ख्या २३ पुगेको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि सिरालियोनको संसद्को यो कदमका प्रशंसा गरेका छन् । उनले भनेका छन्,‘‘मृत्युदण्ड हटाउने विषयमा सिरालियोनको संसद्ले एकमतले गरेको निर्णयको म प्रशंसा गर्दछु। २१ औँ शताब्दीमा मृत्युदण्डलाई कहीँ पनि ठाउँ छैन ।’

यसअघि सन् १९९१ मा बनेको सिरालियोनको संविधानमा हत्या, लुटपाट र सैनिक विद्रोह र राज्य द्रोहको मुद्दामा मृत्युदण्ड दिन सकिने व्यवस्था थियो।

Tags :
प्रतिक्रिया दिनुहोस