गुरु ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुरु !


९ श्रावण २०७८, शनिबार


जन्म दिने आमा, बाबु पहिलो गुरु !
जीवन चलाउने चराचर जगत् प्रकृति गुरु !
ज्ञान सिकाउने विद्यालयका तमाम गुरु !
कर्मदिने बा आमा अर्का गुरु !
धर्म दिने पनि आस्थाका गुरु !
समय जीवनको ठूलो गुरु !
शुख: पनि गुरु !
दुःख पनि गुरु !
हाँसो गुरु !
खुशी गुरु !
नाम गुरु !
काम गुरु !
वेदना गुरु !
प्रेरणा गुरु !
बुझ्न सके मानवीय समवेदना गुरु !
मन्दिर गुरु !
जीवनका जन्जिर गुरु !
ज्ञात गुरु !
अज्ञात गुरु !

पलपल संयोगमा बाँचेको जीवन,
मनभित्रको हरि बोल्यो, जीवन गुरु, जगत् गुरु !!

Tags :
प्रतिक्रिया दिनुहोस