काँग्रेसको वडा अधिवेशन स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेसको वडा अधिवेशन स्थगित


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ । आज बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

काँग्रेसले साउन १२ मा वडा अधिवेशन, साउन १६ मा स्थानीय तहको अधिवेशन, साउन २० मा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

वडा अधिवेशन स्थगन भएसँगै काँग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित बनेको छ । यद्यपि महाधिवेशन कार्यतालिका प्रभावित भए पनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा भने कुनै निर्णय नभएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस