टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । जुलाई २३ देखि सुरु भएको टोकियो ओलम्पिकमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गतको शनिवार छनोट चरणमा महिलातर्फ सुटिङमा १० मिटर एयर राइफलमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले छनोट चरणमा ६ सय १६.८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । नेपालमा भएको १३ औँ सागमा ६ सय १४.५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी कल्पनाले टोकियो ओलम्पिकमा आफ्नै नामको कीर्तिमान भङ्ग गर्दै अर्को राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र छैटौँमा १००.७ अङ्क जोडिन् । तर फाइनलमा भने पुग्न सकिनन् । उनी ५० खेलाडी रहेको छनोट चरणमा ४६ औँ स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।

कल्पनाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी थिइन । छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् ।

नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका लागि ५ खेलाडी सहभागी छन् । अब ४ खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस