हेड काउन्ट रोक्न माग गर्दै ठाकुर सर्वोच्चमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेड काउन्ट रोक्न माग गर्दै ठाकुर सर्वोच्चमा


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगमा सोमबार हुने हेड काउन्ट (सनाखत) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।

आधिकारिता विवाद टुङ्गो लगाउनआयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरूलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउने र ठाकुर पक्ष अल्पमतमा पर्ने भएपछि ठाकुर पक्ष अदालत गएको हो ।

अल्पमतका तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस