बैंकमा साइबर हमला गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकमा साइबर हमला गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु


प्रशासन संवाददाता

८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन शुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको छ ।

बुधबार बेलुकी नेपाल राष्ट्र बैंक र नबिल बैंकका अधिकारीलाई १५ बैंकको प्रणाली हृयाक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस