टिका पुन र सुनिता बुढाको तिज कोशेली ‘रिमझिमे झरी’ बजारमा (भिडियोसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टिका पुन र सुनिता बुढाको तिज कोशेली ‘रिमझिमे झरी’ बजारमा (भिडियोसहित)


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली मौलीकता बोकेको तिज गीत ‘रिमझिमे झरी’ काे म्युजिक भिडियो पनि बजारमा आएको छ । बजारमा माैलीकता हराउँदै गएको बेला मौलिकता बोकेको उक्त गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयकी एकदमै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र टिका पुनको कर्णप्रिय आवाजमा सजिएको ‘रिमझिमे झरी’ बोलको म्युजिक भिडियो सार्वजनीक भएको हो । उक्त म्युजिक भिडियो आज बिहान मात्रै रेशम वली नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो गीतमा सर्जक रेशम वलीले कोरेको शब्दमा रेशम र कबिराज गिरीले संगीत भरेका छन् भने, झलक संगीतमले एरेञ्ज गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, ममता खड्लुक र कवीराज गिरीलाई देख्न सकिन्छ ।

निर्देशक चन्द्र मन्दिरको निर्देशनमा तयार भएको सो गीतको छायाँकन अर्जुन सापकोटाले गरेका हुन् भने, अंकित खाण ठकुरीले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ:

Tags :
प्रतिक्रिया दिनुहोस