नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) लाई निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको हो ।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ ।
सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउनेछ ।

हेर्नुहोस सुची :

Tags :
प्रतिक्रिया दिनुहोस