अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।

महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए ।

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस