सहसचिवको सरुवा मुख्य सचिवले नियन्त्रण गर्ने ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिवको सरुवा मुख्य सचिवले नियन्त्रण गर्ने !


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । सहसचिवको सरुवा अब मुख्यसचिवले नियन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको विश्वासका आधारमा सामान्य प्रशासन मन्त्रीले सहसचिवसम्मको काज सरुवा गर्दै आएको भए पनि अव भने सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरी मुख्यसचिवले नै नियन्त्रण गर्ने तयारी भइरहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो ।

‘सहसचिवको सरुवा भएर हाजिर भई सकेका हुन्छन् तर मुख्यसचिव र प्रधानमन्त्रीलाई थाहै हुँदैन’ ती स्रोतले भने, ‘सरुवा बेथिति नियन्त्रण गर्न पनि नियन्त्रण आवश्यक छ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनेकथरीबाट आउने गरेको दबाब र प्रभावका लागि पनि यसो गर्न लागि ती अधिकारीको भनाई छ ।

आवश्यकता अनुसार कर्मचारी परिवर्तन गरिरहनु पर्ने र समयमै नहुँदा असर पनि पर्न सक्ने भन्दै केही वर्षअघिदेखि सामान्य प्रशासन मन्त्रालयबाटै काज सरुवा गरेर एकमुस्ट रूपमा मन्त्रिपरिषदबाट स्वीकृत गरिँदै आएको थियो । अव भने काज सरुवा नै गर्दा पनि मुख्यसचिवसँग परामर्श गरेर मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराउने तयारी रहेको उनले बताए ।

त्यसो त अहिले पनि सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि दबाब दिन आउने विभिन्न दलका नेताहरूको सङ्ख्यामा कुनै कमी आएको छैन । केही समय अघि मात्रै सहसचिवको सरुवामा अनावश्यक दबाब दिएपछिसरुवा सूची सिधै मन्त्रिपरिषद्को कार्यालय पठाइएको थियो ।

विभिन्न दलसँग जोडिएका ‘पावर फूल’ सहसचिवहरूले सामान्य प्रक्रिया र सिष्टमलाई नै लत्त्याउने गलत परम्परालाई तोड्दै थिति बसाउनका लागि पनि मेकानिज्म बनाउन लागिएको ती स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस