ओली सरकारका नियुक्तीहरुको कानुनी हैसियत बुझ्न समिति गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओली सरकारका नियुक्तीहरुको कानुनी हैसियत बुझ्न समिति गठन


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । केपी शर्मा ओली सरकारले गरेका नियुक्ति प्रक्रियाहरूको कानुनी हैसियत बुझ्न समिति गठन भएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गोप्य समिति गठन भएको जनता समाजवादी पार्टी (जसपा)का एक नेताले बताए । उक्त समितिमा सरकार समर्थित सबै दलका प्रतिनिधिहरू रहेको र विभिन्न ठाउँमा गरिएका नियुक्तीबारे बुझ्ने काम भइरहेको ती नेताले जानकारी गराए ।

ती नेताका अनुशार प्रक्रिया मिचेर गरेका सबै निर्णय खारेज गर्ने तयारी सरकारको छ ।

शेर बहादुर देउवा सरकारले अघिल्लो साता मात्रै ११ देशका राजदूत नियुक्ति खारेज गरिसकेको छ । त्यसै गरी साउन ३ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि खारेज गरिसकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस