प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ ।

राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिँदै प्रधानमन्त्री देउवालाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरेका छन् ।

प्रधानमन्त्री देउवा खोप सहयोका लागि राजदूतलाई धन्‍यवाद दिएका छन् ।

यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस