झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचारका लागि गैरकानुनीरुपमा ३० लाख रुपैयाँ निकासा भएको स्रोतले जानकारी दिएको छ।

दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। उक्त रकम ओली सरकार हुँदा नै निकासा भइसकेको बताइएको छ ।

मिर्गौलामा समस्या आएपछि भारतमा उपचार गराइरहेका नेता खनालको उपचारका लागि सरकारी कोषबाट खर्च गर्नु गैर कानुनी ठहरिएको छ । २०७५ असोज २ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा भनिएको छ,‘कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सो का लागि खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन ।’

तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचारका लागि सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । उक्त निर्णय नै गैर कानुनी ठहरिएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । नेता खनालसँग फोनमा कुराकानी गर्दै प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने आश्वासन दिएका छन् ।

दुवै मिर्गौलामा समस्या देखिएका खनालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने एमालेका नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस