एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे बालाइएको हो।

यसअघि बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए।

१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए। एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो।

आज पनि पार्टी एकताकै विषयमा केन्द्रीत रही छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस