राजनितिक स्थायित्व र शान्तिसुरक्षा कायम गर्न गठबन्धन सरकारलाई आग्रह « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

राजनितिक स्थायित्व र शान्तिसुरक्षा कायम गर्न गठबन्धन सरकारलाई आग्रह


६ श्रावण २०७८, बुधबार


मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नयाँ गठबन्धन सरकारले देशमा राजनीतिक स्थायित्व ल्याउन, जनतालाई शान्तिसुरक्षा प्रदान गर्ने र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले राप्रपाद्वारा आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशाविपरीत अहिलेको धर्मको व्यापक परिवर्तनका साथै बाह्य चलखेलको प्रभावले गर्दा राष्ट्र गम्भीर सङ्कटमा पर्न लागेको बताए ।

उनले मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गरे । सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एक ढिक्का बनाई लैजान नेता तथा कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस