सांसद अमरेश कुमार सिंहले देउवालाई बुझाए राजीनामा पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सांसद अमरेश कुमार सिंहले देउवालाई बुझाए राजीनामा पत्र


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस