मधेसका मुद्दा चाँडो सम्बोधन गर्न देउवालाई ठाकुरको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मधेसका मुद्दा चाँडो सम्बोधन गर्न देउवालाई ठाकुरको आग्रह


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेसका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस