पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। उक्त बैठकमा सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाइने बताइएको छ ।

सत्ता गठबन्धनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागि परेका छन् । सो विषयमा मंगलबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवा भेट्नुअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटबार्ता गरेका थिए।

एमालेका अध्यक्ष केपी ओलीविरुद्ध सहकार्य गरेका दलसँग सहमति गरेर अगाडि बढ्ने प्रचण्डको तयारीमा रहेको छ । आजको छलफलमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टी र सांसदलाई लिएर अगाडि बढ्ने तयारी रहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस