अब १८ वर्ष माथिकाले जोन्सनको खोप लगाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब १८ वर्ष माथिकाले जोन्सनको खोप लगाउने


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएका छन् ।

यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिने भएको छ । स्वास्थ्य सेवा विभागले काठमाडौँलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस