चीनमा बाढीका कारण १२ जनाको मृत्यु, एक लाख मानिसको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा बाढीका कारण १२ जनाको मृत्यु, एक लाख मानिसको उद्धार


एजेन्सी

६ श्रावण २०७८, बुधबार


एजेन्सी । चीनमा आएको ठूलो बाढीमा परी १२ जनाको मृत्यु भएको छ । बाढीका कारण रेल र गाडी डुवाउँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।

चीनको जोङ्जोउमा आएको उक्त बाढीमा रेल र सवारीसाधनहरू डुबाएका दृश्यहरू सामाजिक सञ्चालमा भाइरल नै बनेका छन् ।

करिब एक करोड २६ लाख मानिस बसोबास गर्ने जोङ्जोउमा ‘यल्लो रिभर’ खोलाबाट बाढी आएको बताइएको छ । त्यहाँका स्थानीय मिडियाका अनुसार झन्डै एक लाख मानिसहरूको घरबाटै उद्धार गरिएको छ । उद्धारका लागि हजारौँ सुरक्षाकर्मीहरू खटाइएका छन् ।

बाढीको प्रभावपछि उक्त सहरका १६० रेल सेवा रोकिएका छन् । चीनका दर्जनौँ सहरका उडान तथा यातायात रोकिँदा हजारौँ यात्रुहरू प्रभावित भएका छन् ।

जोङ्जोउस्थित अस्पतालमा वर्षाका कारण घण्टौँसम्म बत्ती नआउँदा १० हजार भन्दा बढी बिरामीहरू पनि समस्यामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस