जोन्सन एन्ड जोन्सनको खोप ३३ प्रतिशत मात्रै प्रभावकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जोन्सन एन्ड जोन्सनको खोप ३३ प्रतिशत मात्रै प्रभावकारी


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोना भाइरसविरूद्धको खोप ३३ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ ।

एक डोजमात्र लगाए पुग्ने उक्त खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी रहेको अध्ययनले देखाएको छ।

मंगलबार एउटा अधययन रिपोर्ट प्रकाशित भएको छ यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्ने औंल्याएका छन्। जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।

नेपालमा पनि अमेरिकी सरकारले उक्त खोप १५ लाख डोज अनुदानमा दिएको छ। नेपालमा ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरुलाई जोन्सन एन्ड जोन्सन खोप साउन ४ देखि लगाउन सुरू गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस