सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत/सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र २ प्रति फोटो, आवश्यक न्यूनतम योग्यताको सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा आफैले प्रमाणित गरी रुजु गर्नुपर्ने आयोगले जानकारी दिएको छ ।

अन्तर्वार्ता लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा भदौ १६ गते तोकिएको छ ।

नतिजा

Tags :
प्रतिक्रिया दिनुहोस