८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ


६ श्रावण २०७८, बुधबार


मकवानपुर । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ।

बुधवार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन् ।

मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस