माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक जारी


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक भर्चुअल माध्यमबाट चलिरहेको छ ।

स्रोतका अनुसार स्थायी कमिटी बैठक पछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने सम्भावना छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक नेपाल पक्षको बैठक बसेको हो । सरकारमा सहभागी हुने अथवा प्रतिपक्षमा रहनेबारे नेपाल समूहले निर्णय गरेको छैन । मङ्गलवार नेपाल पक्षका सांसदहरूको छलफलका क्रममा नेतृ रामकुमारी झाँक्रीले सरकारमा सहभागी नहुने बताएकी थिइन् । तर नेपाल निकट स्रोतले भने सरकारमा ६ जना मन्त्री सहभागी हुनेबारे छलफल भइरहेको बताएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर नेपाल पक्षले भने यसबारे जानकारी नभएको बताएका छन् ।

ओली पक्षको बैठकमा भने नेपाल समूह अनुपस्थित रहँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस