आज सार्वजनिक बिदा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज सार्वजनिक बिदा


६ श्रावण २०७८, बुधबार


काठमाडौँ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई कुर्वानी दिने परम्परा छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस