न्याय सेवातर्फ संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्याय सेवातर्फ संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल न्याय सेवातर्फको अधिकृत पदमा बढुवाका लागि सिफारिस भएका १७ जनाको संशोधित योग्यताक्रमको नामावली सार्वजनिक भएको छ ।

२०७७ चैत ९ गते प्रकाशित बढुवा सिफारिस नामावलीमा लोक सेवा आयोगमा उजुरी परेकोले उक्त नामावलीमा संशोधन गरी बढुवा समितिले संशोधित योग्यताक्रमको बढुवा नामावली सार्वजनिक गरेको हो ।

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि रिक्त पदमा पदपूर्ति गर्न गत वर्ष चैत ९ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको थियो । सोही सूचनामा प्रकाशित नामावली संशोधन गरी पुनः प्रकाशित भएको हो ।

संशोधित नामावली

Tags :
प्रतिक्रिया दिनुहोस