नेप्से परिसूचक ९ अङ्कले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक ९ अङ्कले घट्यो


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । मङ्गलवार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अङ्कले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो ।

नेप्सेका अनुसार आज ‘क’ वर्गका ठुला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अङ्कले घटेर ५५८.११ विन्दुमा झरेको छ ।

यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैङ्क, फाइनान्स, जीवन बिमा तथा निर्जीवन बिमा लगायतका समूहहरु ऋणात्मक भएका छन् ।

कुल २१९ कम्पनीका ३ करोड १६ लाख कित्ता माथिको सेयर ८४ हजार ४६८ पटक बजारमा किनबेच हुँदा आज कुल ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस