गण्डकीमा खिमबिक्रम शाही संसदीय समितिको सभापति बने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीमा खिमबिक्रम शाही संसदीय समितिको सभापति बने


५ श्रावण २०७८, मंगलबार


पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित भएका छन् ।

समितिमा मंगलबार (आज) भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् ।

१३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

शाहीलाई मंगलबारै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् र शाहीले कार्यभार पनि सम्हालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस