नदीमा बगेर दुई बालिका बेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नदीमा बगेर दुई बालिका बेपत्ता


५ श्रावण २०७८, मंगलबार


ढल

झिमरुक । पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर) की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेकी जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार अपराह्न ३ बजे पौडी खेल्ने क्रममा दुवै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुवै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।

स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस