नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ । सोमबार नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल लाइफले ग्लोबल कलेजका विद्यार्थीहरूलाई नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान गर्ने तथा जीवन बीमा शिक्षामा ग्लोबल कलेजलाई सघाउनेछ । यस्तै नेपाल लाइफ बीमा सचेतना अभियानमा ग्लोबल कलेजले सहयोग गर्ने छ ।

सम्झौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ र ग्लोबल कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख वन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोग्राम कोअर्डिनेटर विराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस