२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासे मन्त्रालयका सचिव बोलाएर अर्थमन्त्रीले भने -शतप्रतिशत नतिजा चाहियो

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका विकासे मन्त्रालयका सचिवहरूलाई मन्त्रालयमा बोलाएर विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरूबारे सोधपुछ गरेका छन् ।

सोमबार अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरूसँग चासो राखेका अर्थमन्त्री शर्माले आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगत खर्चको अनुपात बढी हुनुको कारणबारे समेत सचिवहरूलाई सोधेका छन् ।

यससँगै सचिवहरूले आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगत खर्चको अनुपात बढी हुनुको कारण र यसको समाधान बारे अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनु पर्नेछ ।

एक जना कर्मचारी सचिवसम्म पुग्दा निकै अनुभवी भइसक्ने भन्दै त्यसको लाभ मुलुकले पाउनु पर्ने बताउँदै अर्थमन्त्री शर्माले राष्ट्र निर्माणको जिम्मेवारी गम्भीर रूपमा केन्द्रित भएर सम्पूर्ण रूपमा प्रयोग गरेको आफूले अनुभूति नगरेको बताएका छन् ।

साथै उनले समस्याहरूबारे आफूलाई जानकारी गराउन कर्मचारीलाई भनेका छन् । अव्यवस्था पूर्ण विकास कार्यक्रम, योजनाविहीन योजनाहरू, राजनीतिक स्वार्थ केन्द्रित योजना अगाडि बढ्नुमा कर्मचारीको समेत हात रहेको भन्दै मन्त्रीलाई मात्र दोष लगाएर उम्कन नमिल्ने उनको भनाई छ ।

अर्थमन्त्री शर्माले अर्को चुनावसम्म यही सरकार रहने भन्दै आगामी वर्ष पनि उस्तै समस्या लिएर नआउनसमेत सचिवहरूलाई आग्रह गरेका छन् ।

पुँजीगत खर्च शतप्रतिशत हुने पर्ने र त्रुटि आजैबाट सच्याउन लाग्नुपर्ने बताउँदै उनले भने ‘हरेक वर्ष उही रिपोर्ट गर्ने ? अर्को वर्ष म यो रिपोर्ट सुन्न चाहन्नँ,’

छलफलमा अर्थसँगै भौतिक, सहरी विकास, ऊर्जा, खानेपानी र सङ्घीय मामिलालगायत मन्त्रालयका सचिव र महानिर्देशकहरू उपस्थित थिए ।