डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा बढुवा


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा. पोखरेललाई सरकारले बढुवा गरेको हो । उनीसँगै १२औँ तहका दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ पनि सचिवको दौडमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस