युवा संघका कार्यकर्ताले माधब नेपालको पुत्ला जलाए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवा संघका कार्यकर्ताले माधब नेपालको पुत्ला जलाए


४ श्रावण २०७८, सोमबार


कामठाडौँ । नेकपा एमालको युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।

सोमबार (आज) युवा संघको काठमाडौँ क्षेत्र नम्बर २ का कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएपछि सोही कुरालाई लिएर नेता नेपालविरुद्ध युवा संघले नाराबाजी गरेको हो ।

युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार समेत गरेका छन् , तर नेपाल प्रहरीले हस्तक्षेप गरी आगो निभायो ।

Tags :
प्रतिक्रिया दिनुहोस