पार्टीको अनुशासन उल्लङ्घन गर्नेलाई होला त कारबाही ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टीको अनुशासन उल्लङ्घन गर्नेलाई होला त कारबाही ?


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक केही बेरमा बस्दै छ । आजको बैठकमा पार्टीले केही महत्त्वपूर्ण विषयमा निर्णय गर्ने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा नेता माधव कुमार नेपाल पक्षका सदस्यहरूलाई पनि बोलाइएको छ । देउवालाई विश्वासको मत दिने र पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने बारे पनि छलफल हुने बताइएको छ । बैठकमा साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ।

आइतबार एमालेका २२ सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने पक्षमा मतदान गरेका थिए । त्यसअघि एमालेको पार्टी स्थायी कमिटी बैठक बसेर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा रहन नसक्ने निर्णय गरेको थियो । तर अन्ततः एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका र ओली पक्षका गरी २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

त्यस अघि पार्टी एकताको प्रयासमा रहेका कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधव कुमार नेपाललाई पटक-पटक देउवालाई विश्वासको मत नदिन र पार्टी जोगाउन आग्रह गरेका थिए । तर कार्यदलको प्रयास पनि सफल हुन सकेन ।

कार्यदलमा रहेका नेता भीम रावलले अन्तिम समयमा आएर प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरे । कार्यदलका अन्य सदस्यहरूले देउवाको पक्षमा मत नदिएर पार्टी जोगाउने सन्देश दिए ।

अन्ततः शेरबहादुर देउवाको पक्षमा बहुमत देखियो । देउवा प्रधानमन्त्री बने । संसद् जोगियो । तर एमालेको पार्टी एकता भने गम्भीर मोडमा आइपुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस