हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ: डा. रिजाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ: डा. रिजाल


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाए ।

उनले भने, ‘अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ ।’

काँग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भने, ‘नेका निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतान्त्रमा विश्वास राख्नेलाई काँग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ ।’

उनले हामी सबै मिलेर बनाएको संविधान र लोकतन्त्रको पाङ्ग्रा एउटा पक्षले भत्काउँदा ठीक हुने तर अहिले पाखा लगाउँदा गलत हो भन्ने तर्क आफैँमा बेठीक भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस