काँग्रेस संसदीय दलको बैठक सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस संसदीय दलको बैठक सुरु


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो ।

पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको काँग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको हो ।

आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने भएका छन् भने माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस