काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले आज संसद्मा विश्वासको मत दिँदै छन् ।
सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै सांसद र अरू सासंदलेसमेत देउवाको पक्षमा मत दिने माओवादी केन्द्रका एक सांसदले जानकारी दिएका छन् ।