देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

देउवालाई विश्वासको मत दिन्छौँ : रामकुमारी झाँक्री


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कर्तव्य भएको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस