जसपा विवाद निरूपणका लागि निर्वाचन आयोगको इजलासमा बहस सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जसपा विवाद निरूपणका लागि निर्वाचन आयोगको इजलासमा बहस सुरु


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरूपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस सुरु भएको छ ।

अहले इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ ।

गत असार २३ गते जसपाको आधिकारिकता सम्बन्धी विवाद निरूपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । इजलासमा आयुक्तहरू पनि छन् । यही इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । यो विषयलाई चासोका साथ हेरिएको छ ।

जसपाको यादव र ठाकुर पक्ष दुवैले आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस