प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । आजको संसद् बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन् ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्स्थापना गर्न आदेशसँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । परमादेशबाट नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले उपधारा (४) बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

असार २८ गते सर्वोच्चले आदेश दिएपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्चले दिएको आदेश अनुसार नै आज (साउन ३ गते) अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस