दुई वटा रेडपाण्डासहित दुई जना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दुई वटा रेडपाण्डासहित दुई जना पक्राउ


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । दुर्लभ वन्यजन्तु रेडपाण्डासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले विष्णुमती कोरिडोर इलाकाबाट दुई वटा मृत रेडपाण्डासहित रामेछाप दोरम्बाका २४ वर्षीय उमेश विसुन्के र दोलखाको तामाकोशी गाउँपालिकाका २५ वर्षीय अर्जुन् मगरातिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस