जुवा खेलिरहेका १२ जना ५ लाख नगदसहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुवा खेलिरहेका १२ जना ५ लाख नगदसहित पक्राउ


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेका १२ जनालाई ५ लाख नगदसहित पक्राउ गरेको छ ।

शनिवार भोटेवहालबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले १२ जनालाई हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा तास र नगद पाँच लाख ३१ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ गरेको उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस